बागलुङमा नेकपाको चियापान (तस्बिर सहित)

आदर्श अनलाईन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले बिहिवार ऐश्वर्य पार्कमा चियापान कार्यक्रम ग¥यो ।

विजया दशमी, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजना गरिएको कार्यक्रम बिगत लामो समयदेखिको यो परम्पराको निरन्तरता त थियो नै । तर, यस पटक दुई ठुला पार्टीमा फरक फरक चियापन गर्ने नेताहरु अहिलेको चियापानमा एकसाथ आयोजकको रुपमा देखिए । चियापान कार्यक्रम चुस्त र संक्षिप्त देखियो । मञ्चमा अध्यक्ष बाहेक अतिथी पनि दर्शक दिर्घामै बसे ।

कार्यक्रममा एक मात्र वत्ताको रुपमा नेकपाका स्थायी कमिटि सदस्य तथा स्कुल विभागका उप–प्रमुख देवेन्द्र पौडेलले सम्बोधन गर्नुभयो । उहाँले साँस्कृतिक रुपमा नेपाल निकै धनी भएको उल्लेख गर्दै कला सँस्कृतिहरुको जगेर्ना, समय सापेक्ष परिवर्तन सहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकास र समृद्धिको खाका वर्तमान सरकारसँग प्रष्ट रहेको र अब मुलुकले थप गति लिने बताउनुभयो । स्थिर सरकारका कारण देशमा विदेशी लगानीको बाताबरण तयार भएको उल्लेख गर्दै अब देशमा ठूला ठूला आयोजना निर्माण गर्न सकिने उहाँको भनाई छ । ‘देशले विकासको कोल्टे फेर्दैछ’ नेता पौडेलले भन्नुभयो, ‘काम भएन भन्नेहरुका लागि राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतिले मुखमा बुँझो लाएको छ ।’ राष्ट्रिय गौरवका आयोजनालाई सरकारले समयमै सक्ने प्रयासमा रहेको बताउदै नेता पौडेलले सरकारको कदममा साथ दिन आग्रह गर्नुभयो ।

नेकपा बागलुङका अध्यक्ष तथा प्रदेश सांसद इन्द्रलाल सापकोटाले नेपालीहरुको महान पर्वहरुले नेपालीका बीचमा अझै एकतावद्ध भएर मुलुकुको समृद्धिका लागी लाग्न प्रेरित गरेको भन्दै कार्यक्रममा आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा संघीय सांसद डा.सूर्य पाठक, मनकुमारी केसी, पदम गिरी, चन्द्र बुढा सागर, सावित्रा राना, दिपा रोका लगायत नेता कार्यकर्ता, कार्यालय प्रमुख, सुरक्षा निकायको सहभागिता रहेको थियो ।

चाडपर्वको अवसरमा भेटघाट, शुभकामना आदानप्रदान तथा खुशियाली साटासाटका लागि चियापान कार्यक्रमको आयोजना गरेको नेकपा जिल्ला कमिटिका सचिव ज्ञामनाथ गैरैले जानकारी निुभयो ।

यो पनि पढ्नुहोस्

बागलुङमा नेकपाको चियापान (तस्बिर सहित)

  1. बिजया दशमी तथा दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *