युरोप र अमेरिकी पर्यटकलाई बागलुङ र भकुण्डेमा भव्य स्वागत

आदर्श अनलाइन,बागलुङ

जिल्लामा पहिलो पटक ठुलो संख्यामा विदेशी पर्यटक भित्रिएका छन् ।

धौलागिरीका मुस्ताङ आकर्षक रोजाईमा पर्ने गरे पनि बागलुङ ओझेल जस्तो पर्दै आएको छ ।

लोकतान्त्रिक चोकमा बिदेशी पर्यटकसँग सामुहिक तस्बिर खिचाउदै मेयर जनक पौडेल, प्रजिअ लुकबहादुर क्षत्री लगायत

युरोप र अमेरिकाबाट आएका करिब दुई दर्जन पर्यटकलाई बुधवार बागलुङ नगरपालिकाले स्थानीय कला सँस्कृति सहित लोकतान्त्रिक चोकमा स्वागत गरेको थियो । नगरपालिकाका मेयर जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, एसपी नवराज भट्ट, उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी लगायतले माला लगाएर स्वागत गर्नुभएको थियो भने मगर समाज सेवा गुठीले देउसी भैलो सहित परम्परागत नाँच प्रस्तुत गरेको थियो ।

नेपाली मौलिक गीतमा नाँच्दै बिदेशी पर्यटक

पर्यटन प्रर्वद्धनका लागि बिश्व भेगन ग्रुपमा आबद्ध युरोप र अमेरिकाका पर्यटकहरुलाई बिहिवार चिप्लेटी बसपार्कबाट भकुण्डेका लागि समेत बिदाई गरिएको थियो ।

उता, जिल्लाको पहिलो होम स्टे सञ्चालन गरेको भकुण्डेबासीले आगन्तुक पर्यटकहरुको बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।

बानपा १० भकुण्डेमा बाजागाजा सहित पर्यटकलाई स्वागत गर्दै स्थानीय

उनीहरु बिहिवार राति भकुण्डेमा होम स्टेमा बस्ने कार्यक्रम छ । बागलुङ नगरपालिकाको संस्थागत पहलमा बागलुङ नगरपालिकाको दुई दिने भ्रमणको लागि युरोप तथा अमेरिकाका २१ जना पर्यटकहरु बागलुङ आएका हुन् । पशु तथा पशु जन्य उत्पादनहरु सेवन नगर्ने अमेरिका तथा युरोपहरुको समूह भेगनले संस्थागत रुपमा पर्यटनको विकासका लागि बागलुङ नगरपालिकासंग साझेदारी समेत गरेको छ । नियमित रुपमा पर्यटक भित्राउने गरी दुईवर्षदेखि पहल गरिहेकोमा अहिलेबाट पर्यटक आउन शुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘बागलुङमा आन्तरिक पर्यटकहरु आएपनि विदेशी पर्यटकहरुको आगमन न्यून छ’ पौडेलले आदर्श अनलाइनसँग भन्नुभयो ‘भेगनको सहकार्यमा नगरपालिकाले नियमित विदेशी पर्यटकहरु आइरहेने गरी संस्थागत साझेदारी गरेका छौं ।’

बागलुङ नगरपालिकाको अनुरोधमा दुईवर्ष पहिले नगरपालिका भित्रको पर्यटकीय संभाव्यता अध्ययन गरेर उपयुक्त ठानेपछि पहिलोपटक बागलुङमा पर्यटकहरु ल्याएर आएको विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याकले जानकारी दिनुभयो । ज्याकका अनुसार बागलुङ नगरपालिका सहित सिंगो जिल्लाको पर्यटकन प्रर्बद्धनका लागि चार\पाँच वर्षसम्म पर्यटकहरु भित्राइनेछ । अन्तर्राष्ट्रिय जगतमा बागलुङलाई चिनाउनका लागि विश्व भेगन अर्गनाइजेशनमा समावेश हुनु पर्यटन व्यवसायीहरुको लागि खुसीको कुरा भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

दुई दिने भ्रमणमा बागलुङ बजार, गण्डकी प्रदेशकै प्रशिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर तथा पैदल मार्ग मार्फत बागलुङ जिल्लाकै पहिलो घरबास अथिति सत्कार घरबास भकुण्डे, मुलावारी भ्यूटावर लगायतका पर्यटकय स्थलहरुको अवलोकनको व्यवस्था गरिएको भेगनका नेपाली प्रतिनिधि महादेव शर्माले जानकारी दिनुभयो । विश्व भेगनले बागलुङलाई आफ्नो भ्रमण क्षेत्रको रुपमा रेकर्ड राखेर नियमित रुपमा विदेशी पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस्

युरोप र अमेरिकी पर्यटकलाई बागलुङ र भकुण्डेमा भव्य स्वागत

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *