म्याग्दीमा जिप दुर्घटना: दुईको मृत्यु, १५ यात्रु सकुशल

आदर्श अनलाइन, म्याग्दी
जिल्लाको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप बिलबाङ गाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा पल्टिएर दुर्घटना भएको हो ।

मृतक मध्य मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्ब्रप्रसाद शर्माले बताउनुभयो । अर्का एक जना मृतकको पहिचान खुलेको छैन् ।

प्रहरी निरिक्षक शर्माका अनुसार जिप भित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीन जना जिप पल्टीदाँ उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए । रुखमा अड्कीएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा जिप ब्याक भएर सडकमै पल्टिएर दुर्घटना भएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयबासीहरु उद्धारमा खटिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *