गाँउ गाउँमा स्टेचर

आदर्श अनलाईन, बागलुङ
वलेवा समाज अमेरीकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ ।

शनिबार बागलुङ नगरपालिका– १४ नारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी वलेवा क्षेत्रका साविकका सवै वडाका लागि स्टेचर वितरण गरिएको हो । नेपाल विद्यार्थी संघका निर्वतमान उपाध्यक्ष डिल्लीराम सुवेदीको विशेष संयोजनमा यस क्षेत्रका हरेक गाउँ र टोललाई पुग्ने गरी स्टेचर वितरण गरिएको हो ।

स्टेचर वितरण कार्यक्रममा बोल्दै युवा नेता सुवेदीले स्वस्थ्य समाज निर्माणका निम्ती यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले समाजमा शिक्षा र स्वास्थ्य हरेक व्यक्तिका लागि अपरिहार्य भएको हुँदा समुन्नत समाज निर्माणका निम्ती स्वास्थ्य क्षेत्रमा सहयोग आफ्नो सानो प्रयास रहेको बताए । सुवेदीले आफ्नो जन्मभुमी र समाज प्रती विदेशमा रहेर पनि उत्तरदायि बनेकोमा बलेवा समाज अमेरीका प्रति धन्यबाद प्रकट गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष गुरुदत्त पाठक, १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले समाज प्रती उत्तरदायि बनेकोमा बलेवा समाज र सहयात्रा फाउण्डेशन प्रति धन्यबाद प्रकट गरेका थिए ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु, नारायणस्थानका तत्कालिन गाविस अध्यक्ष कृष्ण बहादुर खत्री, अमलाचौरका तत्कालिन गाविस उपाध्यक्ष महोराज शर्मा, नेकपा नारायणस्थानका अध्यक्ष सुरेन्द्र बहादुर थापा, नेपाली काँग्रेसका सभापति हरिकुमार श्रेष्ठ, राजमोका अध्यक्ष रामबहादुर खड्का, राप्रपाका प्रतिनिधि नरबहादुर खत्री, वलेवा समाज अमेरीकाका सदस्य विनोद पौडेल,नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, नेपाल शिक्षक संघका जिल्ला सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्र, जनताधन माविका प्रध्यानध्यापक कुमार पौडेल अमलाचौर स्वास्थ्य चौकीका प्रमुख दुर्गा प्रसाद शर्मा, महिला स्वास्थ्य स्वयं सेविका मिना विक लगायतले बोलेका थिए ।

वलेवा क्षेत्रका साविकका २७ वटा वडामा ३० वटा स्टेचर वितरण गरिएको थियो । जसका लागि बलेवा समाज अमेरीकाबाट १५ सय अमेरीकी डलर सहयोग प्राप्त भएको कार्यक्रम संयोजक बालकृष्ण शर्माले जानकारी दिए । कार्यक्रम सहयात्रा फाउण्डेशन बागलुङका अध्यक्ष विकास पौडेलको अध्यक्षता कार्यक्रम संयोजक बालकृष्ण पौडेलको स्वागत र नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *