घुम्टे युवा परिवारको आयोजनामा निशुल्क आँखा शिविर हुने

आदर्श अनलाईन, बागलुङ ।
सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले कात्तिक १९ गते १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

गलकोट नगरपालिका वडा नं ७ को समन्वय मल्मका विभिन्न संघ संस्थाहरु र गलकोट अप्टिकल हटियाको सहकार्यमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका जनताको आँखाको समस्यालाई मध्यनजर गरि आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष थापाले बताउनुभयो । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा भएको प्रतिनिधीमुलक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शिविर सफल पार्न थम्मन थापा सन्देशको संयोजकत्वमा जनप्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, कार्यसमिति पदाधीकारीहरु, सल्लाहकार, युवाहरु गरि २७ सदस्यीय शिविर व्यवस्थापन समिति चयन गरेको छ ।

आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९ गते घुम्टे युवा परिवारको प्राङगड मल्म सप्ताहघाटमा शिविर गर्न लागिएको संस्थाले जनाएको छ । शिविर बिहान ८ बजेदेखि सञ्चालन गरिने बताईएको छ । शिविरमा निशुल्क आँखा चेक जाँच गरि रिपोर्ट उपलब्ध गराउने, सामान्य औषधीहरु निशुल्क उपलब्ध गराउने आखाँ डक्टर रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार समस्याको पहिचान गरि अलि बढि महँगो औषधी र चश्माको लागि भनें विरामी आफैले रकम खर्च गर्नु पर्ने हुन्छ । आँखा शिविरको लागि शिविर स्थलको आन्तरिक तथा बाहिय व्यवस्थापन घुम्टे युवा परिवार, स्थानिय विभिन्न संघ संस्थाहरु र वडा कार्यालयले गर्ने त्यस्तै डक्टर, आवश्यक उपकरणहरु र औषधीहरु गलकोट अप्टिकल हटियाले व्यवस्थापन गर्ने छ ।

वि.सं २०४१ सालमा स्थापना भएको गलकोटकै पुरानो सामाजिक संस्था घुम्टे युवा परिवारले समय समयमा सामाजिक जागरण सम्बन्धि गतिविधीहरु, तालिम गोष्ठी अन्तरकृया समेत गर्दै आईरहेको छ । आँखा शिविरमा उपस्थित भई आफनो आँखा निशुल्क चेक जाँच गरि मौकाको फाईदा उठाउन र आफनो स्वास्थ्य प्रति सजग बन्न आयोजकले सबैलाई अनुरोध समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *