उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

साधना पन्त , बागलुङ ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आईतबार बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको छ ।

कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले उपनिर्वाचनको लागि कात्तिक २१ गते १० बजेबाट मनोनय दर्ता सुरु हुने बताउँनुभयो । पत्रकार सम्मेलन गर्दै उमेदवारको मनोनयन दर्ता, उमेदवारको नामावली प्रकाशन, दावि विरोधको समय, संगै उमेदवारलाई नाम फिर्ता लिने समय संगैं उपनिर्वाचनको कार्यसूचि प्रकाशन गरिएको छ ।

कार्यसूचिमा कात्तिक २१ गतेनै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने, कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय, कात्तिक २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, कात्तिक २३ गतेनै उम्मेदवारी नामावली प्रकाशन गर्ने, कात्तिक २४ गते उमेदवारले आफ्नो नाम फिर्ता लिने समय, कात्तिक २४ गतेनै उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने, कात्तिक २५ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने उल्लेख गरिएको छ ।

बागलुङ क्षेत्र न. २ ‘ख’मा ३६ हजार ९ सय २६ जना मतदाता रहेका छन् । ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका गरि चार पालिकाका मतदाता सहभागि हुनेछन् । निर्वाचनको लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्र रहने बताईएको छ ।

हरेक केन्द्रमा १ मतदान अधिकृत एक साहयक मतदान अधिकृत सहित, कर्मचारी र स्वयमसेवक पठाउँने तयारी गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *