नेकपाले आफ्नै उमेदवार उठाउँछ र जित्छ

सुमन सुनार, बागलुङ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेताहरुले बागलुङ क्षेत्र नं. २ “ख” मा हुने प्रदेश सभा उप–निर्वाचनमा नेकपाले आफ्नै उम्मेदवार उठाउने र विजयी हासिल गर्ने दावी गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटिले आइतबार बुर्तिबाङमा आयोजना गरेको निर्वाचन केन्द्रीत प्रशिक्षणात्मक कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।

बिगतको गठबन्धनलाई निरन्तरता दिदै बाग्लुङ २ ‘ख’ को उपनिर्वाचनमा सत्तारुढ नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विच मौखिक सहमति भएपनि नेकपा बागलुङका नेता तथा कार्यकताहरुले भने आफुहरुलाई स्वीकार्य नरहेकोे बताएका छन् ।

उनिहरुले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउनुपर्ने बताएका छन् । आफ्नो पार्टीको चुनाव चिन्ह लिएर जोसुकै आए पनि हामी जिताउन तयार छौँ” तर विगतको गठबन्धनलाई निरन्तरता दिन तयार छैनौँ, उनिहरुले भनेका छन् । प्रदेश तथा केन्द्रले आफुहरुलाई न्याय हुने र आफुहरुको माग सम्बोधन गर्ने गरी आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्ने गरी व्यवस्थापन गर्नुपर्ने उनिहरुले बताएका छन् ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला ईन्चार्ज तथा प्रमुख अतिथि बलावती शर्मा, गण्डकी प्रदेश सांसद चन्द्र बहादुर बुढा सागर, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, जिल्ला कमिटि सदस्य टंक पौडेल लगायतले बोल्नुभएको थियो ।



२०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो । गण्डकी प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त स्थानमा आगामी मंसीर १४ गते उपनिर्वाचन हुँदैछ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटि अध्यक्ष लक्षमण पुनको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरे, ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुन, नेकपाका नेता तुल्सीराम अर्याल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा निसीखोला गाउँ कमिटि अध्यक्ष कुविर विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने ढोरपाटन नगर किमिटि सचिव भिम गौतमले गर्नुभएको थियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *