पोखरामा फुटपाथ हटाउन एक साताको अल्टिमेटम

आदर्श अनलाइन, पोखरा

पोखराका मुख्य बजार क्षेत्रमा फुटपाथ हटाउन एक साताको अल्टिमेटम दिइएको छ ।

फुटपाथलाई अतिक्रमण गरी व्यापार व्यवसाय गर्न थालेसंगै महानगरले उनीहरुलाई नियन्त्रण गर्ने अभियानन शुरु गरेको छ ।

पोखरा महानगरले पहिलो चरणमा फुटपाथमा व्यवसाय एंव व्यापार गर्नेहरुलाई एक हप्ताको समय दिएर पत्राचार गरेको छ । दोस्रो र तेस्रो पटकसम्म पनि उक्त फुटपाथबाट व्यापार तथा व्यवसाय नहटाएमा ५० हजारसम्मको जरिवाना गर्ने पोखरा महानगरले चेतावनी दिएको छ ।

पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, बिरौटा, बगर, अम्मरसिंहचोक लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदीले आदर्श अनलाइनलाई बताउनुभयो ।

आइतबार पोखराको महेन्द्रपुलबाट फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेहरुलाई सामग्री हटाउन अल्टिमेटसहितको पत्र दिइएको छ । मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रण गरी व्यापार व्यवसाय गरेको सबैलाई पत्र दिइने र पत्र दिएको मितिदेखि सात दिन भित्र सामग्री नहटाए कारबाही गरिनेछ । ५ हजार देखि ५० हजार सम्म कारबाही गरिने महानगरपालिकाले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *