घुम्टे युवा परिवारले सञ्चलान गर्यो निशुल्क आँखा शिविर

आदर्श अनलाईन, बागलुङ ।
सामाजिक कार्यक्रममा सक्रिय रहेको घुम्टे युवा परिवारले बुधबार गलकोट नगरपालिकामा निशुल्क आँखा शिवरि सञ्चालन गरेको छ ।

शिविरमा २ सय ४४ जनाले सेवा लिएको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले बताउँनुभयो । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा सम्पन्न भएको शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको खत्रीले बताउँनुभएको छ । शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यकृया गर्न विरामीलाई सुझाव दिईएको थियो ।

त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भनें अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निशुल्क प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले प्रायोजन स्वरुप नगद रु २० हजार सहयोग प्रदान गर्नु भएको थियो । शिविर गलकोट नगरपालिका वडा नं ७ को समन्वय र गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्य रहेको थियो । सामाजिक संस्थाले स्थानिय स्तरमा निशुल्क शिविर सञ्चालन गरिनुले आम नागरिकको आँखा जस्तो संवेदनसिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो ।

घर आँगनीमा निशुल्क आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन । निशुल्क स्वास्थ्य शिविरमा मल्म स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आवश्यक सहयोग गरेका थिए । शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री, अप्टिसियन उदय खडका र व्यवस्थापनमा सहयोग पुराउनु भएका सन्त बहादुर खत्रीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *