बागलुङमा बाम गठबन्धनबाट राजमोका शाहीको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

आगामी मंसिर १४ मा हुने बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ का लागि बामगठबन्धनबाट साझा उम्मेदवारको रुपमा नेकपाका नेता कार्यकर्ता समेतको उपस्थितिमा राजमो जिल्ला सदस्य शाहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।

शाहीको उम्मेदवार प्रस्तावकमा राजमो जिल्ला उपाध्यक्ष धर्म कुवर र समर्थकमा गौरीश्वर पाण्डे रहनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको सरदमुकाम स्थित पार्टी कार्यालयबाट समर्थक, शुभेच्छुकको सहभागितामा ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको राजमो जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रिय तहबाट गठबन्धन बनाएर बागलुङमा राजमोलाई सघाउने निर्णय गरिएको थियो ।

यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तिको उपचारका क्रममा निधन भए पछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो । यस क्षेत्रमा ३६ हजार ९ सय मतदाता छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *