बागलुङ २ मा गठबन्धन बिरुद्व शेरमानको बागी उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ

आगामी मंसिर १४ मा हुन लागेको प्रदेश सभा सदस्य बागलुङ क्षेत्र नम्बर २ को ख उपनिर्वाचनका लागि नेकपाका शेरमान घर्तिले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रिय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएको थियो । बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णय अनुसार, राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल लगायतका नेता, कार्यकर्ताको उपस्थितिमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो ।

तर, पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तिले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धन बिरुद्ध बागी उम्मेदवारी दिएको बताए । घर्ति २५ बर्ष राजमोमा सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टी प्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए ।

उपनिर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट शाही, समाजवादी पार्टीबाट अशोक बिक, राप्रपा संयुक्तबााट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, स्वतन्त्र सन्तोष भण्डारी, मंगोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *