मुस्ताङमा यो बर्षमा पहिलो पटक हिउँ प–यो

आदर्श अनलाइन,मुस्ताङ
हिमाल पारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ ।

उपल्लो मुस्ताङमा आज विहान हिउँ परेको स्थानीयले बताएका छन् । हिउँ परेसँगै चिसो पनि बढेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले आदर्श अनलाइनलाई बताउनुभयो ।

चराङमा बिहानसम्म पानी परिरहेको थियो । पानी र हिमपातका कारण चिसो बढेको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई÷तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *