ताराखोलामा बहुउद्धेश्यीय रेन्बो ट्राउट होम-स्टे सञ्चालनमा

थम्मन थापा, बागलुङ
जिल्लाको ताराखोलामा ताराखोला बहुउद्धेश्यीय रेन्बो ट्राउट होम स्टे सञ्चालनमा आएको छ ।

उक्त होम स्टेको एक समारोहका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले शुभारम्भ गर्नुभयो ।

होम स्टेमा स्थानीय खानाका परिकार, दरमखोलाको चिसो पानिमा हुर्केका स्वादिला रेन्बो ट्राउट माछाको पृथक स्वाद लिन सकिने ताराखोला सामुदायिक बहुउद्धेश्यी रेन्बो ट्राउट होम स्टेका सञ्चालक पदम खत्री दिवसले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

होम स्टे उद्घाटन पछि बोल्दै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्व गण्डकी प्रदेश निर्माण अभियानमा अगाडी बढिरहेको बताउनुभयो । गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकोले यस भित्रका सम्भावना र अवसरहरुको खोजी गरि गण्डकी प्रदेश सरकारले निती तथा कार्यक्रम अगाडी बढाईरहेको मन्त्री लम्सालको भनाई छ । त्यसको लागि युवाहरुले आवश्यक कागजात र प्रकृया पुरा गरि सरकारले उपलब्ध गराउने अनुदानको अधिकतम उपयोग गरि आर्थिक समृद्विमा जोडिनु पर्ने उहाँको धारणा छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होम स्टेले ताराखोलाको पर्यटन क्षेत्रमा एउटा सम्भावनाको ढोका खोलेको बताउनु भयो । यसले यस क्षेत्रको अर्गानिक उत्पादनलाई ज पर्यटन सँग जोडेर पर्यटक आवागमनमा वृद्वि गर्दै यहाँका पर्यटकीय स्थलहरुको विकास तथा स्तरोन्नति गर्न ताराखोला गाउँपालिकाले आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । गाउँपालिकामा होम स्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद रु १० लाख अनुदान प्रदान गरेको थियो । ताराखोलामा अहिले ५ वटा होम स्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होम स्टे उद्घाटनमा स्थानिय महिला समुहले मन्त्री लम्साललाई भव्य स्वागत गरेका थिए ।

कार्यक्रम ताराखोला सामुदायिक बहुउद्धेश्यी रेन्बो ट्राउट होम स्टेका सञ्चालक पदम खत्री दिवसको अध्यक्षता, सुवास राज भण्डारीको स्वागत मन्तव्य र वडा अध्यक्ष जीत बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *