बादलको घुम्टो ओढेको धौलागिरी (फोटो फिचर)

शब्द/तस्बिर : सुमन जिसी, बागलुङ

जब हरेक विहान बागलुङ बजारमा रहेको मेरो डेराबाट बाहीर निस्कन्छु । आफ्नै अगाडि जस्तो देखिने धौलागिरी हिमाललाई देखेर मन प्रफुल्ल हुन्छ । सोच्दछु हामी बागलुङबासी कती भाग्यमानी, विहान उठ्ने बित्तत्तीकै हिमाल देख्न पाउने । सायदै संसारमा नेपालीहरु बाहेक अन्य कसैलाई यस्तो अवसर मिल्दैन होला । बागलुङ बजारको सिधा अगाडि ठाडो शिर लगाएर गमक्क परेर बागलुङ बजारलाई नै नियालीरहे जस्तो देखिने धौलागिरी हिमाल कहिले बादलको घुम्टोभित्र मडारिरहेको हुन्छ त कहिले दन्तलहर झै मिलेको सेतो र खुल्ला भईदिन्छ ।

संसारको सातौं अग्लो हिमालको रुपमा रहको धौलागिरी हिमाल बागलुङका सबैजसो ठाउँबाट देख्न सकिन्छ । ८ हजार १ सय ६७ मिटर उचाई रहेको धौलागिरी हिमालले बागलुङ बजारलाई एउटा आमाले बच्चालाई काखमा राखेर माया गरे जस्तो गरी काखमै राखेजस्तो आभास मैले सधै गरिरहन्छु । विहान उठ्ने वित्तीकै बागलुङ बजारबाट देखिने धौलागिरी हिमाल श्रङगारपट्टार गरेर निस्केकी बेहुली भन्दा कम देखिदैन । मौसम सफा भएको समयमा दिनभरीनै खुलीरहने भएतापनी धैरैजसो विहानीमा खुल्ने र दिनको समयमा बादलको घुम्टोभित्र लुक्ने धौलागिरी हिमालको सुन्दरतालाई शब्दमा बयान गरेर साध्ये छैन ।

सधैजसो हिमाल देखेपछि फोटो खिचीहाल्न मन लाग्ने मलाई आज पनी धौलागिरीको सुन्दरताले मोहीत बनाईहाल्यो । अफिसीयल कार्यक्रमका क्रममा बागलुङ बजारमा रहेको होटल दि राजनमा गएको समयमा मेरो क्यामेरामा कैद भएको धौलागिरी हिमाल अरु समयभन्दा केही भिन्न लागेजस्तो मलाई लागिहाल्यो हलुका बादल भित्र लुकेको धौलागिरीलाई फोटोमा उतार्दा यस्तो देखियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *