गलकोटको हटिया बजारमा सिसि टिभि जडान

सरिता खत्री, गलकोट ।
गलकोटको मुख्य बजार हटियामा सिसि टिभि जडान गरिएको छ ।

गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसि टिभि क्यामरा जडान गरिएको हो ।

गलकोट नगरपालिका वडा नं ३ को कार्यलय र उद्योग बाणिज्य संघ गलकोटको पहलमा हटिया बजार क्षेत्रको जिप पार्क, लोकतन्त्र चोक, बि.एन.बि चोक, बिच बजार, वडा कार्यलय परिसर लगायतका क्षेत्रमा सिसि टिभि जडान गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो ।

हटियाबजार क्षेत्रको सुरक्षाव्यवस्थालाई मजबुत बनाउनका लागि २ लाखको लागतमा अहिले ६ वटा सिसि टिभि जडान गरिसकिएको र केहि दिन पछि १० वटा सिसि टिभि जडान गरिने उधोग वाणिज्य संघ गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गलकोटको मुख्य बजार भनेर चिनिने हटिया बजार व्यस्त बजार भएकोले पनि हटिया बजारको जिपपार्क क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गईरहेको बेला हटिया बजारमा सिसि टिभि जडान गरिनु आफैमा सुखद विषय रहेको स्थानियको भनाई छ ।

पछिल्लो समय गलकोटमा रातको समयमा अपराधिक गतिविधि बढ्दै गईरहेको बेला यसलाई न्युनिकरण गर्न समेत सिसि टिभि जडान गरिसकेपछि सहज हुने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले बताउनुभयो ।

सिसि टिभि जडान गरिसकेपछि गलकोटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्न, बजार क्षेत्रमा अपारधिक गतिविधि न्युनिकरण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन समेत सहयोग पुग्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *