राष्ट्र वृद्राश्रम जस्तो भयोः पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी

आदर्श अनलाईन, बागलुङ ।
पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले देश विस्तारै वृद्रराश्रम बन्दै गएको बताउँनुभएको छ ।

बुधबारबाट बागलुङको गलकोटमा सुरु भएको दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटन गर्दै केसीले रेमिट्यान्सले मात्र राष्ट्र र राष्ट्रियता जोगाउँन नसकिने भन्दै विदेशिएका युवाहरुलाई देश र्फकिने बतावरण तयार गर्नुपर्ने बताउँनुभएको थियो । नेपालबाट मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गरौं केसीले भन्नुभयो, विदेशिएका युवाहरु अव स्वदेश फर्कनुस, यहाँ उत्पादन भएका बस्तुलाई विदेशमा पठाउने काम गर्नुस ।’

उहाँले विगतमा देशमा राजनिति स्थिरता नहुँदा विकास हुन नसकेको हुँदा, अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने बताउँनुभएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भावी पुस्तालाई देश जस्ताको तस्तै सुम्पन अहिलेका पुस्ताको दायित्व भएको बताउँनुभयो ।

भारतले सिमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताको पक्षमा देश विदेशमा रहेका सबै नेपाली एकजुट भएको सम्भवत पहिलो पटक भएको बताउँनुभएको छ । उहाँले भन्नुभयो राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक राजनितिक दल संगै देश विदेशमा रहेका पत्रकार, र आम नागरिक एकैठाउँ उभिएको यो संभवत पहिलो पटक हो । उहाँले गलकोट क्षेत्रको विकासका निम्ती देश विदेशमा रहेका सवै नागरिकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नका निम्ती आग्रह गर्नुभयो ।

कार्यक्रममा संघिय सांसद ज्ञानकुमारी छन्त्याल, गण्डकी प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटा, चन्द्र बहादुर बुढा सागर, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर, काँग्रेस सभापति दिपेन्द्र बहादुर थापा, राजमोका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, बागलुङ पर्यटन विकास समितिका महासचिव अर्जुन चोखाल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जुशर्मा चालिसे लगायतले बोल्नुभएको थियो । ।

महोत्सवको उद्देश्यको बारेमा घुम्टे पर्यटन विकास केन्द्रका संस्थापक तथा सल्लाहकार यमबहादुर श्रीषले बताउनुभएको थियो । । महोत्सव आगामी मंसिर ११ गते सम्म संचालन हुने छ । महोत्सवमा लोक दोहोरी गित प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानिय उत्पादनको प्रर्दशन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ । कार्यक्रम घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतको अध्यक्षता बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाको स्वागत र पत्रकार राम थापा अविरल, सांस्कृतिक संयोजक हिमबहादुर भण्डारी र केन्द्रका सचिव शेरबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *