वाम गठबन्धनको बुर्तिबाङमा चुनावी सभा, प्रचण्ड सहित शीर्ष नेता आउँदै

आदर्श अनलाइन, बागलुङ

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड सहित शीर्षस्थ नेता जिल्लाको पश्चिम बुर्तिबाङ आउदै छन् ।
बागलुङ क्षेत्र नम्बर २ प्रदेश ९ख० मा यही मंसिर १४ गते हुने उपनिर्वाचन केन्द्रित वाम गठबन्धनको बृहत जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड सहित महासचिव बिष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, जनवादी गायक जिवन शर्मा लगायत उपस्थित हुने कार्यक्रम छ ।

उपनिर्वाचनको चुनावी मिति नजिकिएसँगै नेकपा र राष्ट्रिय जनमोर्चासम्बद्ध वाम गठबन्धनले जिल्लाको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ बजारमा विशाल चुनावी आमसभा आयोजना गरेका हुन्।

बाग्लुङ २ ९ख० मा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका छन् ।

राजनैतिक दलहरू आ-आफना चुनावी एजेण्डा र घोषणा पत्रसहित मत माग्न निकै व्यस्त रहेका छन् । मंसिर १४ नजिकिँदै गर्दै पश्चिम बाग्लुङमा उपनिर्वाचनको चुनावी सरगर्मी बढेको छ ।

बागलुङ क्षेत्र नं २ प्रदेश ९ख० का राजमोबाट सांसद बन्नुभएका टेकबहादुर घर्तीको गत वर्ष उपचारको क्रममा निधन भएपछि रिक्त पदपूर्तिका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त वाम गठबन्धन निर्माण गरी खिमविक्रम शाहीलाई उम्मेदवार बनाएका छन् । कांग्रेसका तर्फबाट भने जीत शेरचन उम्मेदवार बनेका छन् । समाजवादी पार्टी नेपालले अशोक विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *