बुर्तिबाङमा चुनावी सभा, बाम एकता राष्ट्रिय सन्देशः अध्यक्ष प्रचण्ड

सुवास गौतम, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमानै एकताको सन्देश दिएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले शनिवार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले तत्कालिन एमाले र माओवादी एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासंगको गठबन्धनले मुलुकभर एकताको सन्देश दिएको बताउनुभयो ।

‘नेपालको विकास र समृद्धिका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन’, अध्यक्ष दाहालले भन्नुभयो,‘अब कम्युनिष्टहरु फुटेर हैन, जुटेर अगाडी बढेको सन्देश बाम गठबन्धन हो ।’ ‘एकताको प्रतिकका रुपमा बागलुङको बाम गठबनधन उदाहरणीय रहेको उल्लेख गर्दै प्रचण्डले यसको निरन्तरताका लागि केन्द्रीय तहबाट सहकार्यको उद्घोष गरिएको बताउनुभयो । उहाँले केन्द्रले दिएको जिम्मेवारी अनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्याधिक मतले उम्मेदवार खिम विक्रम शाहीलाई विजयी गराउन आव्हान गर्नुभयो । पश्चिम क्षेत्रका निसी, तमान र ढोरपाटनबाट आएका नेता कार्यकर्ताहरुको उपस्थिति र उत्साहलाई देखेर आजै निर्वाचन जिते जस्तै महशुस भएको प्रचण्डको भनाई थियो ।

चुनावी सभा उद्घाटन गर्दै नेकपा अध्यक्ष प्रचण्ड

उहाँले अहिले भारतले मिचेको सिमा हाम्रै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्नुभयो । उहाँले सरकारले सिमा समाधान गर्ने बताउनुभयो । प्रचण्डले विकासमा पछाडी परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्रे, सालझण्डी ढोरपाटन सडकले पूर्णता र उत्तरगंगा जलाशय जलविद्युत आयोजनाले गति लिने बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री तथा उर्जामन्त्रीसंग तत्काल छलफल गरि निश्कर्ष निकाल्ने बताउनुभयो । उहाँले बुर्तिवाङ लामेला सडक कालोपत्रे गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने उद्घोष समेत गर्नुभयो ।

संयुक्त सभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी, नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सांसद देवेन्द्र पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।

बागलुङ क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद टेक बहादुर घर्तीको निधन भएपछि यस क्षेत्रमा यही मंसिर १४ गते उप–निर्वाचन हुन लागेको छ । यस अगाडिको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा स्वर्गीय ससंसदलाई उम्मेदवार बनाएर विजयी हासिल गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *