उपनिर्वाचनमा नेकपालाई परिवार दलको साथ

दिपेन्द्र पौडेल, पोखरा ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल परिवार दलले कास्की क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीलाई सहयोग गर्ने भएको छ ।

मंगलबार परिवार दलका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापाले नेकपाका उम्मेदवार विद्यालाई भेटेर आफ्नो दलले पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

विद्या संगै उपनिर्वाचनमा नेकपाबाट उठेका सबै स्थानका उम्मेदवारलाई विजयी गराउँन सबैखालको सहयोग गर्ने परिवारदलका केन्द्रीय सदस्य रामचन्द्र देवकोटाले बताउँनुभयो । उहाँले परिवारदलका नेता र कार्यकर्ताहरु नेकपाका उम्मेदवारलाई विजयी गराउँनको लागि मतदान मात्र नभएर चुनावी प्रचार प्रसारमा समेत खटिने बताउँनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *