बागलुङका सबै मतदान स्थलमा पुगे कर्मचारी र सुरक्षाकर्मी

आदर्श अनलाइन,बागलुङ

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सबै मतदान स्थमा कर्मचारी पुगेर आवश्यक तयारी शुरु गरेका छन् ।

उनीहरु सबै बुधवार साँझ सम्ममा आवश्यक पर्ने निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कर्मचारी अघि नै सुरक्षाकर्मी पुगिसकेका छन् ।
कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटिका, मतपत्र, आवयश्क पर्ने अन्य सामग्री प्रदान गरेर पठाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङका जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले जानकारी दिनुभयो । जिल्लामा हुने उपनिर्वाचनमा २५ मतदानस्थल र ४५ मतदान केन्द्र छन् ।

प्रत्येक मतदान केन्द्रमा पाँच जना कर्मचारी र स्वयंसेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा दुई स्थानमा उपनिर्वाचन हुँदैछ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ ९ख० र बडिगाड गाउँपालिका वडा नम्बर २ मा उपनिर्वाचन हुँदैछ । मङ्सिर १४ गते हुने निर्वाचनमा ३६ हजार ९ सय २६ जना मतदाता छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *