पोखरा यात्रामा उप-निर्वाचनले सवारी सकस, स्कर्टीङमा यात्रा !

आदर्श अनलाइन, पोखरा

के तपाई धौलागिरीबाट पोखरा हुँदै यात्रा गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् । उपनिर्वाचनका कारण आज शुक्रवार रातिदेखि पोखरामा यात्रा गर्न नपाइने भएको छ । पोखरा भएर लामो दुरीको यात्रा गर्न भने सुरक्षाकर्मीको स्कर्टीङमा हुनेछ । स्कर्टीङका क्रममा निर्वाचन हुने ठाउँमा कुनै पनि गाडी रोक्न नपाउने र यात्रु चढ्न र झर्न समेत नपाइने भएकोे छ ।

कास्की क्षेत्र-२ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन आयोगले मंसिर १४ गते शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय तोकेको छ । कास्कीको क्षेत्र नम्बर २ क्षेत्रमा १३ गते राति १२ बजेदेखि अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, पानीका गाडी, सुरक्षाकर्मी, पत्रकार, कुटनितीक नियोग, दलका केही प्रतिनिधि बाहेक अन्यलाई रोक लगाइएको छ ।
पोखराबाट अन्य जिल्लामा लामो दुरीका गाडीहरु समेत संचालन हुने हुँदा विभिन्न ठाउँमा गाडी रोकी ३र३ घण्टामा स्कर्टीङ गरी यातायात सेवा संचालन गर्ने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनका अनुसार पुर्व तर्फ विजयपुरखोला, पश्चिम उत्तरमा याम्दीपुल, दक्षिण पश्चिममा कालिमाटि खोलामा गाडीहरुलाई रोकेर होल्ड गर्ने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *