बागलुङ उपचुनाव:कांग्रेस भन्छ-गठबन्धनले आचार संहिता मिच्यो, बाम भन्छ-हार मानसिकताबाट ग्रसित आरोप

आदर्श अनलाइन, बागलुङ

चुनावी सभा र प्रचार अभियान अवधिभर छिटफुट बाहेक सौहार्दपूर्ण देखिएको जिल्लाको उपनिर्वाचनको अन्तिम समयमा अन्ततः दलहरु बीच चुनावी चलखेल र आरोप प्रत्यारोप भएको छ ।

नेपाली काँंग्रेसले बाम गठबन्धनले निर्वाचन आचार संहितको उल्लघन गर्दै बिभिन्न आश्वासन र रकम समेत बाँडेको आरोप लगाएको छ । उसले जिल्लाको प्रदेश सभा ख को तमानखोला गाउँपालिका र ढोरपाटन गाउँपालिकामा यस्तो कार्य भएको बिज्ञप्ती मार्फत जनाएको छ । यही बिषयलाई लिएर जिल्लाबाट राजनीतिक सहमति अनुसार, चुनावी क्षेत्रमा रहेका नेकपाका प्रदेश सांसद चन्द्रबहादुर बुढा सागर, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेकपाका प्रदेश सचिव गोविन्द नेपाली, जिल्ला इन्चार्ज बलावति शर्मा लगायत सवार गाडीमा समेत अवरोध गरेका थिए । ‘वडा अध्यक्षका उम्मेदवार माथि आक्रमण देखि आचार संहिता बिपरितका कार्य खुलेआम भएका छन्,’ कांग्रेस जिल्ला कोषाध्यक्ष उमेश गौतमले भन्नुभयो, ‘हामी यस किसिमको आचार संहिता बिपरित गतिविधिको घोर भत्र्सना गर्छौ र सम्वन्धित निकायलाई निश्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौ ।’

नेकपा र राजमो सम्मिलित बाम गठबन्धनले भने काँग्रेसले हारको मानसिकतामा पुगेर यस्तो आरोप लगाएको जिकिर गरेको छ । ‘निर्वाचनको समन्वय र सहजीकरणका लागि जिल्ला स्थित जिम्मेवार नेतृत्व निर्वाचन क्षेत्रमा रहने बिषयमा भद्र सहमति थियो र हामी त्यसै अनुसार यहाँ छौ,’ राजमो जिल्ला अध्यक्ष अमर थापाले भन्नुभयो, ‘अहिले पनि कांग्रेसका तनहुँका बिद्यार्थी नेता प्रदिप पौडेल, दार्चुलाका मञ्जित ताम्राकार लगायतकाक नेता मतदाताकहाँ पुगेर भड्काउने काममा रहेको सूचना छ, कांग्रेस नेतृत्वबाट सहमति उल्लंघन र सौहार्द बातावरणलाई उत्तेजित बनाउने प्रयास भइरहेको छ, फेरी पनि हामी संयमित बनिरहेका छौ ।’ कांग्रेसको आरोप हारको मानसिकताबाट ग्रसित भएको उल्लेख गर्दै उसले यो बदनाम गर्ने अन्तिम अस्त्रको रुपमा प्रयोग गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *