बागलुङको कुश्मिसेरामा पिकअप दुर्घटना, चार गम्भिर घाइते

सन्ध्या आचार्य , बागलुङ ।

बागलुङको कुश्मिसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १३ जना घाईते भएका छन् ।

जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिसेराको टार स्थित डाङ्गेपानी भन्ने ठाउँमा ध १ ज २०७ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो ।

धौलागिरी पोलिटेक्निकल ईन्टीच्युट वलेवाका बिद्यार्थी र शिक्षकहरु वरेङ गाउँपालिकाको वाराकोटमा पशु स्वास्थ्य शिविर गरेर फर्किने क्रममा उक्त पिकअप दुर्घटना भएको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख अमृत मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा घाईते भएकामध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । उहाँका अनुसार गम्भिर घाईते हुनेहरुमा करिव १९–२० बर्षका जुम्लाकी उमा उपाध्याय, धनगढीकी डिलिसा सिंह ठकुरी, पर्वतकी प्रमिला परियार र सर्लाहीका पृथ्वीनारायण साह रहेका छन् ।

दुर्घटना हुनासाथ कुश्मिसेरा प्रहरी र स्थानियहरुले घाईतेहरुलाई तत्काल उद्दार गरी कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको छ । १५ जनाभन्दा बढी यात्रु चढेको पिकअप भ्यान दिउँसो ४ बजेर १० मिनेट जाँदा दुर्घटना भएको थियो ।

गाडी तिब्र गतीका कारण घुम्तीमा मोड्न नसक्दा अनियन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । गाडी दुर्घटना भएर सडकको भित्तापट्टी पल्टिएको छ भने चालक फरार रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *