बागलुङ प्रदेश ख मा ६१ प्रतिशत मत खस्यो

मतपेटिका आजै राति सदरमुकाम ल्याइने, मतगणना भोली

आदर्श अनलाइन,बागलुङ

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ ।

यस क्षेत्रमा अघिल्लो पटक भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

उपनिर्वाचन अन्र्तगत नै बडिगाड गाउँपालिका वडा नम्बर २ मा भएको वडा अध्यक्षको मतदानमा भने ६५ प्रतिशत मत खसेको छ । १७ सय ४२ मतदाता रहेको यस वडामा ११ सय ३४ मत खसेको छ । मतदान सकिए लगत्तै जिल्लाका प्रदेश क्षेत्र अन्र्तगतका ४३ वटा मतदान केन्द्रबाट मतपेटिका आजै ढोरपाटन नगरपालिकाका केन्द्र बुर्तिबाङ बजारमा ल्याउने तयारी छ । बुर्तिबाङबाट आजै राति जिल्ला सदरमुकाम ल्याएर आइतवार विहान सर्वदलिय वैठक गरि मतगणना शुरु गरिने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए ।

यस क्षेत्रको गण्डकी प्रदेश सभा सदस्य र वडा अध्यक्ष दुवैमा मुख्य रुपमा बाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता बागडोर सम्हालेको मुलुकको पहिलो पार्टी बनेको नेकपाको प्रदेश सभा सदस्य तर्फ आँफ्नो उम्मेदवार छैन । नेकपाले केन्द्रीय तहबाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन जनाएर बाम गठबन्धन बनाएको थियो । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा पराजय बेहोेरेका जित शेरचनलाई चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी हुनुभएको थियो । घर्तीका प्रत्यासी कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गर्नुभएको थियो । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो ।

अहिले प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका छन् । जसमध्ये ढोरपाटनमा साविकको एमालेले जित हासिल गरेको थियो भने निसी र तमानमा कांग्रेसले जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *