बडिगाड दुईको अध्यक्षमा नेकपाका शेरचन विजयी

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको बडिगाड गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन विजयी हुनुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार डिलबहादुर रानालाई २ सय ९२ मतले पछी पार्दै शेरचन विजयी हुनुभएको हो । शेरचनले ७ सय ४ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्दी रानाले ४ सय १२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत प्राप्त गर्नुभएको छ । कुल १ हजार १ सय ३४ मत खसेकोमा १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *