बागलुङ २ को चुनावी परिणाम अपडेटः झिनो मतले कांग्रेस अघि

आदर्श अनाइन,

बागलुङ जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको दोस्रो चरणको मतगणना सार्वजनिक भएको छ ।

आज मध्यान्हदेखि शुरु भएको मतगणनामा प्रारम्भिक नतिजा नेपाली कांग्रेसले लिएको १ सय बढीको अग्रता ८ मा झरेको छ ।

पछिल्लो मत परिणाम अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ र निसीखोला १ देविस्थानको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले १ हजार ५४ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले १ हजार ४६ मत प्राप्त गरेका छन् ।
समाजवादी पार्टीका अशोक बिकले ७८, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा १४, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ८ मत प्राप्त गरेका छन् । ३२ मत बदर भएको छ । वडागत रुपमा गणना शुरु गरिएकोमा ढोरपाटन नगरपालिका १, निसीखोला १ पछि अहिले तमानखोला गाउँपालिकाको वडा नम्बर १ को मतगणना शुरु भएको छ ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राति अबेर सम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *