बागलुङ-२ मा गठबन्धनले कांग्रेस अग्रता तोड्यो,१ सय ५४ मतले अघि

आदर्श अनलाइन, बागलुङ

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणनामा कांग्रेसको शुरुवाति अग्रता बामगठबन्धनले तोडेको छ ।

शनिवार भएको निर्वाचनको आज मध्यान्हदेखि शुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनले १ सय ५४ मतका साथ पहिलो पटक अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर १ र २, निसीखोला गाउँपालिका १, तमानखोला गाउँपालिका १ र २ को मतगणनामा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले २१ सय ९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले २ हजार ४३ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका अशोक बिकले १ सय १७, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ४४, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ९, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले १०, राप्रपाका गणेश कुवरले १० मत प्राप्त गरेका छन् । ८२ मत बदर भएको छ । वडागत रुपमा तिनै स्थानीय तहको पालैपालो गणना गरिएको छ ।
कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राति अबेर सम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *