बागलुङमा बाम गठबन्धनको विजयी सभा, आज बुर्तिबाङमा

–आदर्श अनलाइन, बागलुङ

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा बिजयी हासिल गरेको बाम गठबन्धनले सोमबार बागलुङ बजारमा विजयी सभा गरेको छ ।

बिजयी र्यालीमा सहभागी बाम गठबन्धनका नेता, कार्यकर्ताहरु

बिशेष खुशियाली सभाको आयोजना भने आज मंगलबार जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा आयोजना गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा राजमो जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो ।
सत्तारुढ नेकपाले केन्द्रीय तहबाट राष्ट्रिय जनमोर्चालाई समर्थन जनाउने सहमति पछि चुनावी गठबन्धन गरेर राजमोका उम्मेदवार खिमविक्रम शाहीलाई लिएर चुनावी मैदानमा होमिएको थियो ।

गठबन्धनले दुवै पार्टी भित्रका भिन्न समस्या र असन्तुष्टिलाई चिर्दै फराकिलो मतान्तरमा बिजयी हासिल गरेको थियो । सोमवार बिहान २ बजे मतगणना सकिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मध्यान्हमा आयोजित कार्यक्रममा बिजयी सांसद शाहीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बिजयी भएको प्रमाणपत्र हस्तान्तरण गर्दै छोटो कार्यकाल भए पनि उपलब्धिमूलक र स्मरणीय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले ठट्याौली शैलीमा मध्यपहाडी लोकमार्गको अलपत्र कामलाई अघि बढाउन पनि तत्काल पहल गर्न आग्रह गर्नुभएको थियो ।

प्रमाण पत्र प्रदान गरेसंगै बाम गठबन्धनले जिल्ला समन्वय समितिको कार्यालय परिसरबाटै विजयी ¥याली शुरु गरेको थियो । ¥यालीले बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा बिजयी सभा गरेको थियो । सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा संघीय सांसद देवेन्द्र पौडेलले बाम गठबन्धनको जितले सरकारको लोकप्रियतालाई थप पुष्टि गरेको बताउनुभयो । प्रतिपक्षका नेताहरुले समेत अहिलेको उपनिर्वाचनलाई मिनी जनमत संग्रह भनेर प्रचार गरेको उल्लेख गर्दै चुनावी नतिजाले जनताको चाहना र भावना प्रष्ट रुपमा व्यक्त भएको बताउनुभयो ।

नवनिर्वाचित सांसद खिमबिक्रम शाहीलाई बिजयी प्रमाणपत्र प्रदान गरेपछि मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपाने

कार्यक्रममा नव निर्वाचित प्रदेश सांसद खिमविक्रम शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि संसद देखि जिल्लासम्म सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘जनताकाको आधारभूत आवश्यकता संगै विकासका लागि काम गर्छु’ शाहीले भन्नुभयो, ‘विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महशुस गराउनेछु ।’

बिजयी सभामा नेकपा र राजमोका नेताहरु ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटि सचिव गोविन्द नेपाली, नेकपा जिल्ला इन्चार्ज वलावती शर्मा, राजमोका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गाना लगायतले बामपन्थीको जितले जनताको परिवर्तन प्रतिको बिश्वास र भरोसा गठबन्धन प्रति भएकाले यसलाई अबका दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । कायक्रम निर्वाचन परिचालन समितिका संयोजक तजथा राजमोका जिल्ला अध्यक्ष अम्मर थापाको अध्यक्षता तथा नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरैको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *