बडिगाड दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बडिगाड गाउँपालिका ७ भिमगिठेको घोकर्नामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट करिब ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ बर्षिय धनबहादुर कार्कीको आज मृत अवस्थामा शव फेला परेको छ ।

कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय दिनेश शर्माले बताउनुभयो ।

दुर्घटनामा गम्भिर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने बर्ष २१ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ बस्ने मृतक सूचना कार्कीका छोरा बर्ष ४ को हिमाल कार्की र बर्ष २४ की निमा केसीको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते तिनै जनालाई ढोरपाटन स्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको थियो ।

गुल्मीको इश्मा गाउँपालिकाबाट २६ जना यात्रु बोकेर आएको जिप दुर्घटना हुनु भन्दा करिब आधा घण्टा अगाडी ग्वालीचौरको खौलारामा ट्राफिक कारवाहीमा परेको थियो । ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठ जनालाई सोही स्थानमै झारेर लोकल भ्यानमा पठाइएको थियो । भ्यानमा पठाएका कारण आठ जना सकुशल छन् । अन्य १५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको आज बुधवार हुने भनिएको कुलपुजाका लागि जाँदै थिए । दुर्घटना पछि निसीखोला गाउँपालिका १ का कार्की गाउँ भनेर चिनिने बायखोला शोकमा डुबेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *