निसीखोलाबाट पाँच केजी चरेश सहित मामा भाञ्जी पक्राउ

सुमन सुनार, बुर्तिबाङ

जिल्लाको निसीखोलामा चरेश सहित दुई जना पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ निसी सिपका ३० बर्षिया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरीक्षक तथा प्रहरी प्रमुख सुरज खड्काका अनुसार, उनिहरु बिच खरीद बिक्रि भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरी चौकीको संयूक्त टोलीले दुवै जनालाई भागिमलाको घरबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि आईतबार बिहान जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भईरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *