शालिग्राम संग्राहलयले बिश्वको ध्यान तान्नेछः देउवा

आदर्श अनलाइन,बागलुङ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शालिग्राम संग्राहलयले बिश्वका धर्मालम्बिको ध्यान आकृष्ट गर्ने बताउनुभएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले स्थित श्री रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर परिसरमा निर्माण गरिएको भूमिगत ‘श्रीधराचार्य शालग्राम संग्रहालय’को आइतवार उद्घाटन समारोहमा बोल्दै देउवाले कालिगण्डकी नदीमा पाइने दुर्लभ एवं बहुमूल्य शालिग्राम शिलाको संरक्षणका लागि निर्माण संग्राहलयले धार्मिक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण टेवा पुग्ने बिश्वास समेत व्यक्त गर्नुभयो । शालग्राम संग्राहालयले बिश्वको ध्यान तान्ने सम्भावना रहेकाले यसको यथोचित प्रचार प्रसारमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउबाले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको संग्रहालयले लोप हँदै गएको शालिग्रामको संरक्षणमा सरोकारवालाको ध्यान आकृष्ट समेत गर्ने बताउनुभयो । ‘हुन त शालिग्रामका बिषयमा मलाई धेरै जानकारी छैन,’ उहाँले भन्नुभयो,‘ तर, कालिगण्डकी नदी यस्तो नदी हो, जहाँका साना ढुंगाहरु पनि मान्छेले टिपेर लैजान्छन्, एक किसिमको श्रद्धा यसमा देखिन्छ ।’ राज्य स्तरबाट गर्नुपर्ने काम स्वामीहरुको पहलमा हुनु सह्रानिय कार्य भएको सभापति देउवाको भनाई थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठले अवैध रुपमा भएको कालिगण्डकी नदी दोहनले लोप हुन लागेको शालग्राम संरक्षणका लागि संग्रहालय निर्माणको काम ऐतिहासिक र अपरिहार्य कार्य भएको बताउनुभयो ।

श्री १००८ स्वामी कमलनयनाचार्यले धर्मको बाटो नछोडे मुलुकको समृद्धि सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, जिल्ला सभापति दिपेन्द्र थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *