बागलुङका विप्लव सेक्रेटरी कुवर फेरी अदालतबाटै पक्राउ

आदर्श अनलाइन, बागलुङ

सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी नविन कुवर अदालतले रिहा गर्न आदेश दिए पनि पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् ।

राज्य बिरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुवरलाई बागलुङ जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका कुवर अदालतको आदेश अनुसार धरौटी तिरेर बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले पुनः पक्राउ गरिएको जानकारी सहित नेता कुवरलाई पर्वत जिल्ला पठाइने बताए । कुवरको पर्वत जिल्लामा पनि मुद्धा भएकाले छिमेकी जिल्ला पठाउन लागिएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *