बागलुङ महोत्सवको मुख्य आकर्षण लगानी बहस

खेमराज गौतम

आगामी पुस ११ गते देखि हुने बागलुङ महोत्सवको पूर्वसन्ध्यामा बागलुङ जिल्लामा ठूलो लगानीलाई आकर्षण गर्नका लागि लगानी बहस हुने भएको छ ।

यही पुस १० गते नेपालका ठूला व्यवसायीहरुको उपस्थितिमा ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ विषयक आर्थिक बहस’ कार्यक्रम गरिने भएको छ ।

लगानी बहसमा बागलुङमा व्यावसायिक लगानीका सम्भावना, चुनौती र अवसरकाबारे बहस हुने बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कंडेलले बताउनुभयो । लगानी बहसले बागलुङमा भएका लगानीका सम्भावनालाई उजागर गर्दै उद्योग, पर्यटन तथा रोजगार स्थापना गर्ने गरी लगानी भित्रिने आयोजकले अपेक्षा गरेको छ ।

लगानी बहस गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा, महासंघका उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा लगानी भित्राउने सम्भावना तथा चुनौतिका विषयमा बहस हुनेछ ।

कार्यक्रममा नेपालका सफल ब्यापारी तथा उद्योगी भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नागरिक सञ्चार प्रालिका अध्यक्ष तथा नेपाल पस्मिना उद्योगका प्रमुख कार्यकारी अधिकृत पुष्पमान श्रेष्ठ, महाबौद्ध ट्रेड सेन्टर काठमाडौंका सञ्चालक आनन्दप्रकाश राजभण्डारी लगायत उद्योगी–व्यवसायी, बैंकर, जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहनेछ ।

बागलुङ र समग्र धौलागिरी क्षेत्रको आर्थिक विकास गर्नका लागि नेपालका मुख्य लगानीकर्ताको ध्यान आकर्षणका लागि लगानी गोष्ठी कोसेढुङ्गा हुने बागलुङ उद्योग वाण्ज्यि संघका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । ‘बागलुङमा विशेषगरी पर्यटकीय क्षेत्रमा ठूलो लगानी आवश्यक परेको भन्दै लगानीको ढोका खोल्नका लागि गोष्ठीको आयोजना गरिएको हो ।’ राजभण्डारीले भन्नुभयो,‘लगानी गोष्ठीले बागलुङको आर्थिक विकासमा ठूलो भूमिका खेल्नेमा बिश्वास लिएका छौं । गण्डकी प्रदेश स्तरिय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा महोत्सव आगामी पुस ११ देखि २० गते सम्म बागलुङ बजारमा हुँदैछ । लगानी गोष्ठी बिएसआर मुभिजको सभाहलमा हुने संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *