जन्मभुमीबाटै चन्द्र ढकालको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

आदर्श अनलाइन, बागलुङ

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा शुक्रबारदेखी सुरु भएको बागलुङ महोत्सवको उद्घाटन समारोहमा ढकालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

‘बाग्लुङ उद्योग वाणिज्य संघले मलाई बरिष्ठ उपाध्यक्ष पदमा प्रस्ताव गर्‍यो, महासंघका थुप्रै केन्द्रीय सदस्यहरु पनि कार्यक्रममा उपस्थित भएरै प्रस्ताव गर्नुभयो,’ ढकालले भन्नुभयो,’साथीहरुको प्रस्तावको समर्थन गर्दै मैले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुँ ।’

बागलुङ ढकालको गृह जिल्ला पनि हो । ढकाललाई यसअघि देखि नै महासंघको बरिष्ठ उपाध्यक्षमा बलियो दावेदारको रुपमा हेरिएको थियो।

हालको विधान अनुसार महासंघको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अब हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदै हुनुहुन्छ । यसै वर्ष यो व्यवस्था सहित विधान संशोधन गर्ने तयारी भए पनि सहमतिमा सो प्रक्रिया रोकेर गोल्छालाई अध्यक्ष बनाइँदैछ । यही व्यवस्थाका कारण महासंघको बरिष्ठ उपाध्यक्षमा हुने चुनावी भीडन्त भावी अध्यक्षका रुपमै हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *