महोत्सवका नाममा आयात बढाउनु हुँदैनः अध्यक्ष तिमिल्सिना

आदर्श अनलाइन,बागलुङ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मेला महोत्सवका नाममा आयात बढाउन नहुने बताउनुभएको छ ।

उहाँले मेला महोत्सवको अधिकांश खर्च देशबाट वाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिदै आयात घटाएर निर्यात बढाउनुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि बागलुङमा शुरु भएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सव–२०७६को उद्घाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले उद्योग सञ्चालन गर्नेको संख्यामा वृद्धि नभए सम्म मुलुकले समृद्धि हासिल नगर्ने भन्दै उद्योग स्थापनका लागि उद्योग वाणिज्य महासंघ लागेमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

उहाँले नयाँ संविधानलाई सवैले स्विकार गरेर आएपनी ऐन तथा नियमावली बनाउने क्रममा समस्या सर्जना गर्न खोजिएको बताउनुभयो । ‘संबिधानलाई सबैले ताली बजायौं’ तिमिल्सिनाले भन्नुभयो ‘संबिधनालाई सफल कार्यान्वयनका लागि ऐन नियमवली बनाउदा खोचे थाप्ने काम बन्द गरौं ।’ तिमिल्सिनाले लोकमार्गको बागलुङ घोडाबाधे खण्डमा सडक कालोपत्र नहुँनु दुखद् भएको भन्दै कुनै हालतमा पनि ठेकेदारलाई नछोड्ने बताउनुभयो । उहाँले असार सम्म काम सक्नेगरी फिल्डमा जान ठेकेदारलाई निर्देशन दिएको बताउनुभयो । तिमिल्सिनाले तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको अन्त्य गर्न पर्ने भन्दै व्यवसाय गर्न सरकारले निरुत्साहन हैन प्रोत्साहन गर्ने योजनामा रहेको बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *