यसरी शुरु भयो बागलुङ महोत्सव (तस्बिर सहित)

आदर्श अनलाइन, बागलुङ

छैठौँ बागलुङ महोत्सव शुक्रबारदेखि शुरु भएको छ ।

बिभिन्न जातजाति, समुदायको रोमाञ्चक झाँकी, परम्परागत कला सँस्कृति ¥याली सहित महोत्सवको भव्य उद्घाटन गरिएको छ ।

बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै अध्यक्ष तिमिल्सनाले मेला महोत्सवका नाममा आयात बढाउन नहुने बताउनुभयो । उहाँले मेला महोत्सवको अधिकांश खर्च देशबाट वाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिदै आयात घटाएर निर्यात बढाउनुपर्ने बताउनुभयो । तिमिल्सिनाले उद्योग सञ्चालन गर्नेको संख्यामा वृद्धि नभए सम्म मुलुकले समृद्धि हासिल नगर्ने भन्दै उद्योग स्थापनका लागि उद्योग वाणिज्य महासंघ लागेमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । भ्रमण वर्षका रुपमा सरकारले मनाउन थालेको सन् २०२० लाई सहयोग पु¥याई बागलुङमा पर्यटक भित्राउनका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, फोटो प्रदर्शनी, कृषि प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगिता,हेलिकप्टरवाट दृश्य अवलोकन, प्याराग्लाडिङ, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आर्कषण्का रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा २०० व्यवसायिक स्टलहरु रहेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्यसंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, ग्लोबल आइएमी बैंक तथा आइएमी ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेल, नेपाली कांग्रेस सभापती दिपेन्द्र थापा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संन्जिव कोइराला, गण्डकी प्रदेश सभासदस्य कृष्ण थापा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेल,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दिल सुन्दर श्रेष्ठ, नेपाल पत्रकार महसंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, अमृत भट्टचन, सघंका निवर्तमान अध्यक्ष जयराम भारी, पुर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठ, धौलागिरि क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय, विराट कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता तथा महासचिव नरेश कंडेललको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सवको उद्घाटनमा समारोहमा प्याराग्लाईडिङ, विभिन्न कला सस्कृति बोकेको झाँकी र मयुर नाँच प्रदर्शन गरिएको थियो । महोत्सव २१ गतेसम्म चल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *