माघ १६ मा बागलुङमा मेयर कप फुटबल हुने

फाइल फोटो
आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले शुरुवात गरेको मेयर कप फुटबल प्रतियोगिताले पुनः निरन्तरता पाउने भएको छ ।

२०७४ सालमा मेयर कप फुटबलको पहिलो सँस्करण आयोजना गरेको नगरपालिकाले ०७५ सालमा भने बजेट बिनियोजन गरे पनि बिभिन्न कारण देखाउदै निरन्तरता दिन सकेको थिएन ।
यस बर्ष भने आगामी माघ तेस्रो साता अर्थात माघ १६ गतेदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता गर्ने निश्चित गरेको छ ।

बागलुङ नगर कार्यापालिकाको बैठकले माघ १६ गते शहिद दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । फुटबल खेलको विकास र खेल मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ नगरपालिका स्तरिय खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले यसवर्ष ए डिभिजन क्लबमा आबद्ध खेलाडी जिल्ला भित्राउने तयारी समेत रहेको बताएको छ ।

यसका लागि ‘ए’ डिभिजन खेल्ने खेलाडी आउने सुनिश्चित हुने सम्भावना रहे खेल मिति केही हेरफेर हुन सक्ने नगर प्रमुख पौडेलले बताउनुभयो । बागलुुङ नगरपालिकाले २०७७ साललाई बागलुङ भ्रमण बर्ष मनाउने घोषणा समेत गरेकाले यसको प्रचार प्रसारमा समेत टेवा पुग्ने नगरपालिकाको अपेक्षा छ ।

प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल संघ (एन्फा) बागलुङलाई प्रदान गरिएको छ । खेल सञ्चालनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । खेलमा १५ देखि २० नगरपालिकाले सहभागिता जनाउने एन्फाको अनुमान छ ।

प्रतियोगिताको पुरस्कार लगायतका अन्य तयारी नगरपालिका र एन्फाको साझा बैठकले तय गर्ने छ । ‘अघिल्लो बर्ष गर्न नसकिएको मेयर कप फुटबल यसपाली गर्ने निश्चित गरिएको सन्देश आम रुपमा प्रचार गर्न खोजेका छौँ,’ उपमेयर सुरेन्द्र खडकाले भन्नुभयो–‘मेयर कपलाई एन्फाको राष्ट्रिय क्यालेण्डरमा समावेश गर्ने गरी पहल समेत गर्नेछौ । पत्रकार सम्मेलनको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *