बेनी-जोमसोम सडकमा टाइम कार्ड लागू,यात्रु र पर्यटकलाई सकस

एसके थकाली,जोमसोम

राष्ट्रिय गौरवको बेनी-जोमसोम निर्माधिन सडकमा टाइमकार्ड लागू भएपछि मुस्ताङ आउजाउ गर्ने सवारीलाई सास्ती परेको छ ।

कालिगण्डकी करिडोरको उत्तरी कोरलानाका जोड्ने बेनी-जोमसोम सडकखण्डको म्याग्दीतर्फ प्याकेज १ र २ मुस्ताङतर्फ प्याकेज ३ मा सडकको कामलाई गति दिन टाइमकार्ड लगाउनु परेको करिडोरले जनाएको छ।

म्याग्दीतर्फ प्याकेज १ मा सडक तटबन्ध लगाउने, सडक फराकिलो पार्ने, कलबट निर्माण गर्ने र ग्रेड मिलाउने काम भएको छ भने प्याकेज २ म्याग्दी र प्याकेज ३ घासादेखि खन्तीसम्म रक कटिङ लगायतको काम भइरहेको छ । यस्तै, प्याकेज ४ खन्तीदेखि जोमसोमको खण्डमा रक कटिङ भइरहेको छ ।

उक्त खण्डको काम शर्मा गजुरमुखी र सप्तकोशी एण्ड जलाधार कन्ट्रक्सनले लिएको छ । बेनी-जोमसोम ७६ किमी सडक ४ प्याकेजमा टेन्डर लगाइएको थियो । बेनी-जोमसोम सडकको म्याग्दी मंसिरमा सकिएकाले आउँदो जेष्ठ मसान्तसम्म म्याद थप्ने प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । यसअघि जोमसोम कोरला ग्राभेल सडकको २ पटक म्याद थपिएको छ ।

करिडोरका अनुसार बेनी-जोमसोम सडकमा हालसम्म ५० प्रतिशत र जोमसोम÷कोरला सडकमा ८० प्रतिशत काम सम्पन्न भएको छ ।बर्खायामको मौसममा म्याग्दी खण्डमा बाढीपैरो जाने र निर्माणकम्पनीको सुस्तताले अपेक्षा गरे अनुसार प्रगति हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार हिउँदयामको समयमा मुस्ताङ आउँजाउँ गर्ने यात्रुवाहक सवारी साधनको चाप कम हुने भएको र कामलाई गति दिने समय पनि हिउँदयाम नै भएकाले टाइमकार्ड लागू गर्नुपर्ने बाध्यता आएको बताउनुभयो । ट्राफिक जाम कम हुने समय पनि यही हो । मौसम अनुकुल मिलाएर म्याग्दी र तल्लो मुस्ताङ खण्डमा कामलाई गति दिने प्रयास भइरहेको छ ।

करिडोरले बेनी-जोमसोम निर्माणधिन सडकमा बिहान ७ स्३० बजे देखि ११ बजे र दिउँसो २ स् ३० बजे देखि साँझ ६ बजेसम्म सडकमा सवारी रोकेर काम अघि बढाएको शर्मा गजुरमुखीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो। सडकमा टाइमकार्ड लगाइपछि मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयबासीले सास्ती पाएका छन् । सडक निर्माणका क्रममा सवारी घण्टौं रोकिन परेपछि यात्रुहरु समयमै गन्तव्यमा पुग्न असहज भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *