क्रयाक फ्यामेलिको दोस्रो प्रस्तुति जाडो जाडो मौसम…..

दिपेन्द्र पौडेल, पोखरा
क्याक फ्यामेलीको दोस्रो प्रस्तुति नयाँ वर्ष २०२० को अवसरमा रिलिज भएको छ । नयाँ वर्ष २०२० को अवसर पारेर शुक्रबार नयाँ वर्षको कोसेलीका रुपमा प्रस्तुत गरेको प्रोडक्सन म्यानेजर सुदर्शन खड्काले जानकारी दिनुभयो ।

जाडो–जाडो मौसम खुकुरीरम गीतमा अहिलेको युवा पुस्ताको व्यस्तताको समयमा आफ्ना पुराना साथीभाईसँगको त्यो रमाइलो पलहरुलाई बिर्सिएको त छैनौ नि भन्दै आफ्ना विगतका रमाइला दिनहरुको सम्झना र झझल्को गीतमा आउने खड्काले बताउँनुभयो ।

अहिलेको समयमा हाम्रो पुर्खाै देखि चलिआएको प्राचिन गीत, संगीत तथा धुनहरुलाई अहिलेको आधुनिक तथा डिजे मिक्स भएका गीतहरुले पुराना गीत संगीतहरुलाई पछि पारेको गुनासो गर्दै उहाँले हाम्रो पुर्खाले निर्माण गरेको संस्कृति तथा सांस्कृतिक महत्वको विषयवस्तुहरु समेट्न क्रयाक फ्यामेली स्थापना गरिएको बताउँनुभयो । ‘पुराना गीत, संगीत तथा धुनहरुलाई पछ्याउँदै मादल, बासुरी तथा गाउँ घरको वातावरणलाई समेट्ने प्रयास गर्दै छौँ ’ खड्काले भन्नुभयो ।

जाडो जाडो मौसम गीतको युटुब च्यानलमार्फत क्याक फ्यामेलीले प्रस्तुती ल्याएको उहाँले जानकारी दिनुभयो । क्रयाक फ्याम्लीको पहिलो प्रस्तुति गत भदैमा रिलिज भएको नौ डाँडालाई अपार सफलता तथा माया, साथ, सहयोग गरिदिन खड्काले आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *