विप्लवको युवा संघ बागलुङ जिल्ला सचिवद्धारा आत्मसमर्पण

आदर्श अनलाइन,बागलुङ

विप्लव नेतृत्वको नेकपा सम्वद्ध युवा संगठनका बागलुङ जिल्ला सचिवले आत्मसमर्पण गरेका छन् ।

गलकोट नगरपालिका ४ घर भएका सहल सुनारले सोमवार जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको हो । गत मंसिर १८ गते घरबाटै पक्राउ परेका सुनारलाई आइतवार जिल्ला अदालत बागलुङले १५ हजार धरौटीमा रिहाई गर्न आदेश दिएको थियो । तर, धरौटी बुझाएर रिहा भए लगत्तै पर्वत लैजाने तयारी समेत गरिएको थियो । यद्यपी, सत्तारुढ नेकपाका जिल्ला इन्चार्ज बलावति शर्मा, जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ लगायतको पहलमा सुनार आत्मसमर्पण गर्न तयार भए पछि सोमबार मात्र धरौटी तिर्नुभएको थियो ।

विप्लव माओवादीलाई सरकारले गत बर्षको फागुनमा प्रतिबन्ध लगाएपछि उक्त पार्टी गतिविधिमा स्थानीय प्रहरी प्रशासनले कडाई गर्दै आएको छ । प्रशासनमा आत्मसमर्पण गर्नुभएका सुनारले अब स्वतन्त्र नागरिकका हैसियतमा व्यवसाय र अध्ययन गर्ने बताउनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले सुनारले अब नेपालको संविधान कानुन बिपरित कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता व्यक्त गरेकाले १० दिनमा प्रहरीमा तारिख आउने गरि छोडिएको बताउनुभयो । आत्मसमर्पण गरे पनि निगरानीमा राखिने प्रजिअ क्षत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *