धम्जाका आलेले अस्पतालबाटै भने-‘२२ बर्षको सपना छ,बचाउनुस्’

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा सायकटेराका मृगौला रोगबाट ग्रसित विपिन आलेको उपचारमा सहयोगका लागि सार्वजनिक रुपमा अपिल गरिएको छ ।

आलेका आफन्त र शुभेच्छुकको पहलमा गठित विपिन आले उपचार सहयोग समितिले शुक्रबार पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आले २२ बर्षकै कलिलो उमेरमा गम्भिर समस्यामा परेको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई उपचारमा सहयोगका लागि आग्रह गरिएको जनाएको छ ।

स्थानीय लक्ष्मी माध्यमिक बिद्यालयबाट कक्षा १२ पास गर्नुभएका आलेले दुबै मृगौला फेल भएको छ । हाल काठमाण्डौंको सुमेरु अस्पतालमा उपचार भइरहेको विपिन उपचार सहयोग समितिका संयोजक भिमलाल आलेले बताउनुभयो । अहिले सम्म पाँच लाख बढी खर्च भइसकेको र पारिवारिक अवस्था कमजोर भएकाले देश बिदेशमा रहेका सम्पूर्ण नेपाली माझ सहयोगका लागि अपिल गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

विपिनले डेढ बर्ष अघि मात्र पुजा हमालसँग बिहे गर्नुभएको थियो । हमालले अहिले कुडुले स्थित कोरोना एकेडेमीमा पढाउदै आउनुभएको छ । बिगत दुई महिनादेखि अस्पतालमा उपचाररत आलेले २२ बर्षमा भर्खर विहे भएको र आफ्नो जीवनमा अनेक सपना रहेकाले त्यो पुरा गर्ने अवसरका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । ‘अहिले म अस्पतालको बेडमा छु,’ आलेका भिनाजु चित्र थापाले अस्पतालको भनाई उदृत गर्दै भन्नुभयो, ‘म रोगसँग हारेको छैन, यो चुनौति सँग भागेको पनि छैन, धेरै यस्ता रोगहरुबाट उपचार गरेर सकुशल फर्किएका छन्, नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगले म पनि स्वश्थ भएर फर्कने पूर्ण आशा गरेको छु ।’

पत्रकार सम्मेलनमै सहयोग हस्तान्तरण गर्दै बेस्ट वन रेष्टुरेण्टका सञ्चालक रेशम आले

आलेको उपचारका लागि नियमित डायलासिस र ट्रान्सप्लान्ट गर्न लाखौ रकम खर्च हुन सक्ने अस्पतालले बताएकाले सहयोग अभियान थालिएको समितिका सदस्य रेशम आलेले बताउनुभयो । ‘भाइको ब्लड एभि नेगेटिभ भएकाले डायलासिस र ट्रान्सप्लान्टमा केही चुनौति भइरहेको छ’ उहाँले भन्नुभयो,‘सरकारी अस्पतालमा पालो पाउन समय लाग्ने भएकाले अहिले नीजि अस्पतालमै नियमित डायलासिस गराइरहेका छौं, अहिले ब्लड ग्रुप परिवर्तन गर्ने प्रविधिको समेत विकास भएकाले हामी डायलासिस सँगै परिवारका सदस्यसँग मिल्ने गरि त्यो परिवर्तन गर्ने विकल्पका बारेमा पनि चिकित्सकसँग परामर्श गरिरहेका छौ ।’

सामाजिक, मानवीय सेवा भावले स्वतस्फुर्त रुपमा सहयोग गरिदिन समितिले सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले विपिनका श्रीमति पुजा हमालको माछापुच्छे« बैकं बागलुङ शाखामा रहेको खाता नम्बर ४४४८५२४६७१२८५०१३ मा सिधे जम्मा गर्न सक्नेछन् । यसका साथै उपचार सहयोग समिति मार्फत पनि सहयोग गर्न सकिने संयोजक भिमलाल आलेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *