कृषि विमाका लागि कम्पनी तोकियो, गण्डकीमा क-कसले पाए ?

आदर्श अनलाइन, पोखरा

विमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी विमाका लागि काम गर्न निर्देशन दिएको छ। बाली तथा पशुपन्छी विमा व्यवसायलाई प्रवद्र्धन गर्न बीमा समितिले सबै जिल्लामा कम्तीमा एक विमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो।

विमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताए। उनँले नेपालमा रहेका २० वटा निर्जीवन विमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने विमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए।

समितिले विमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवामार्फत कृषि, बाली तथा पशुपन्छी विमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ। समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी विमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताए।

तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै विमा कम्पनीलाई निर्देशन दिइसकेको छ। अध्यक्ष चापागाईले यसबाट कृषि विमाको पहुँच सबै ठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको विमा अनुदान उपयोग हुने समेत बताए।

यो अभियानले विमाको पहुँच बढ्ने समेत बताए। सरकारले कृषि तथा पशुपंक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ।

गण्डकी प्रदेशका कुन जिल्लामा कुन विमा कम्पनीले पाए ?

प्रभु इन्स्योरेन्स लि मुस्ताङ, म्याग्दी बाग्लुङ, स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स लि मनाङ, कास्की, पाल्पा, रुपन्देहीप्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि गोरखा, लमजुङ, तनहुँ, परासी
जोड इन्स्योरेन्स कम्पनी लि गुल्मी, पर्वत,

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *