आफैले बोकेको बन्दुकले लागेर मृत्यु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको तमानखोलामा आफैले बोकेको भरुवा बन्दुकको छर्राले लागेर एक जनाको ज्यान गएको छ ।

तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ बर्षिया ओमबहादुर घर्तीलाई बिहिवार आफैले बोकेको बन्दुकको छर्राले लागेको थियो । बन्दुकको छर्राले लागेर गम्भिर घाईते भएका घर्तीलाई उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुरक पड्केर छर्राले लाग्दा घाईते भएको स्थानीयले बताएका छन् । उनको बाँयाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइए पनि राती पौने नौ बजे अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । घटनाका बारेमा ईलाका प्रहरी कार्यालय बुतिबाङबाट प्रहरी टोली खटाएर अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक लाइसेन्स प्राप्त भए नभएको बिषयमा समेत प्रहरीले खोजी थालेको छ ।

मृतक घर्तीको शव अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । आवश्यक अनुसन्धान र पोष्टर्माम पछि उनको शवलाई परिवारको जिम्मा लगाईने प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *