बुर्तिबाङमा सेभेन ‘ए’ साईड खुल्ला फुटबल प्रतियोगिता हुने

फाइल तस्बिर

सुमन सुनार, बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

बुर्तिबाङ फुटबल क्लवको आयोजनामा यहि पुस २८ गतेदेखि माघ ४ गते सम्म सेभेन ‘ए’ साईड बुर्तिबाङ कप–२०७६ हुने भएको हो ।

फुटबल खेलको विकास र प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित आयोजित प्रतियोगिता उत्तरगंगा माध्यमिक विद्यालयको खेलमैदानमा हुने क्लव अध्यक्ष शमसेर बिश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगितामा देशका जुनसुकै स्थानका फुटबल क्लव र खेलाडीहरुले सहभागिता जनाउन पाउने अध्यक्ष बिश्वकर्माको भनाई छ ।

ढोरपाटन नगरपालिकाको मुख्य प्रायोजन र अन्य स्थानीय सहयोगदाताको सहयोगमा हुने प्रतियोगितामा बिजेता समुहले नगद ४० हजार रुपैयाँ, उपविजेता समुहले नगद रु.२० हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्तालाई नगद रु.२ हजार ५ सय सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपरले ग्लोब्स, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताले पश्चिम बागलुङमा फुटबलको विकासमा महत्वपूर्ण उत्साह प्रदान गर्ने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *