दुरुत्साहन मुद्दामा बागलुङका पत्रकार कंडेलले पाए सफाई

आदर्श अनलाइन,बागलुङ

आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका बागलुङका पत्रकार युवराज कंडेलले सफाइ पाउनुभएको छ ।

चितवन जिल्ला अदालतले बागलुङ बिहुँ घर भएका कंडेल, चर्चित पत्रकार रवि लामिछाने र अस्मिता कार्की तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो । कंडेल धौलागिरीमा पहिलो पटक बागलुङमा सञ्चालित धौलागिरी टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । त्यस क्रममै न्यूज २४ मा जिल्ला संवाददाताको रुपमा काम गर्नुहुन्थ्यो । पछि मोफसलको पत्रकारिता छाडेर राजधानी पुग्नुभएका कंडेल न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध हुनुभएको थियो ।

न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उहाँलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनै जनालाई मुद्दा लगाएको थियो । पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । पुडासैनीको साथबाट आत्महत्या अघि खिचिएको भिडियो प्राप्त भएको थियो । जसमा लामिछाने सहित तीनै जनाका कारण आफू मर्नुपरेको बताइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो । लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *