राष्ट्रिय जनमोर्चा बागलुङको दुई दिने संयुक्त कार्यशाला शुरु

आदर्श अनलाइन,बागलुङ

राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको आयोजनामा जनवर्गिय संगठनहरुको जिल्ला स्तरिय दुई दिने संयुक्त कार्यशाला शुक्रबार बागलुङ बजारमा शुरु भएको छ ।

कार्यशालाको राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उदघाटन गर्नुभएको छ । उद्घाटन पछि बोल्दै प्रमुख अतिथि अधिकारीले पार्टीको नीति कार्यक्रम जनताको माझमा लैजादै ग्रामिण वर्ग संघर्षको उत्थान गर्न जनवर्गिय संगठन मजबुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यकर्तालाई थप जुझारु बन्न आग्रह गर्दै सत्ता सञ्चालकहरु राष्ट्रियता र जनताको स्वार्थ भन्दा सत्ताका लागि आत्म समर्पण गर्ने प्रबृत्ति बढेको दावी समेत गर्नुभयो । यहि चलखेलका कारण राष्ट्रियता माथि खतरा उत्पन्न भएकाले राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वाधिनताको अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल जनजाति सम्मेलनका पुर्व केन्द्रिय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल बुद्दिजिवि संघका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य बिष्णु अधिकारी, प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष राम सुबेदी, अखिल ९छैठौं० बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, जातिय समता समाजका जिल्ला अध्यक्ष नर बहादुर सुनार, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका केन्द्रीय सदस्य थानेश्वर सुबेदी, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत ढकाल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेको अध्यक्षता र परिषद् सदस्य तिलक थापाको सञ्चालन र जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवरको स्वागत मन्तव्यमा सम्पन्न भएको छ । शनिवार सम्म चल्ने कार्यक्रममा जिल्लाका १६ वटा जनबर्गिय संगठनका प्रतिनिधिको सहभागिता छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *