चिल्ड्रेन लाइफ अन्तर विद्यालय स्तरिय फुटबल माघ अन्तिम साता

आदर्श अनलाइन, बागलुङ

बागलुङ सदरमुकाम स्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगितालाई निरन्तरता दिने भएको छ ।

विद्यालयको आयोजना तथा चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबको सह–आयोजनामा हुने प्रतियोगिता यही माघ २८ देखि फागुन ३ गतेसम्म गर्ने मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
२०७४ सालमा आयोजना गरिएको प्रतियोगिताको पहिलो सँस्करणको निरन्तरतता स्वरुप अहिले दोस्रो सँस्करण आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुलाई अध्ययनका साथै अन्य अतिरिक्त ज्ञान, सिप र क्षमताको पहिचान र विकासमा समेत अग्रसर बनाउने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीले यो प्रतियोगितालाई अघिल्लो बर्ष पनि निरन्तरता दिन चाहेका थियौ तर सबैबाट अपेक्षित सहयोग समन्वय भएन,’ श्रेष्ठले भन्नुभयो, ‘यस पटक अझ आकर्षक पुरस्कार राशी सहित प्रतियोगितालाई निरन्तरता दिएका छौ, यसलाई हामी हरेक बर्ष आयोजना गर्ने सोचमा छौ ।’
प्रतियोगिताले विद्यालय बीचको सम्बन्ध, सहकार्य र भाइचारालाई अझ मजबुत बनाउन टेवा पुग्ने व्यवस्थापक भानु आचार्यले बताउनुभयो । प्रतियोगिता जित्ने होडमा बिद्यालयले गैर बिद्यार्थीलाई पनि समावेश गर्दा बिवादित बन्ने तर्फ सचेत भएर अहिले एसइइ पास गरेपछि नियमित अध्ययन गरेका विद्यार्थीहरु सम्मले मात्र प्रतियोगितामा भाग लिन पाउने व्यवस्थापक आचार्यले बताउनुभयो । कक्षा १२ मा नियमित पढिरहेका विद्यार्थीहरुले सहभागी हुन पाउने प्रावधान राखिएको छ ।

बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिनेछ ।

नकआउट चरणमा हुने प्रतियोगितामा बागलुङका १६ विद्यालयहरुले सहभागिता जनाउन सक्ने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्नेछ ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले नीजि स्तरबाट फुटबल खेलको विकासमा गरिएको पहल र अभ्यास प्रशंसनीय भएको बताउनुभयो । विगतका प्रतियोगितामा उपाधि जित्ने होडमा बिद्यालयले अनुशासन, मर्यादा बिर्सिदा समग्र शैक्षिक क्षेत्र बदनामी बन्ने अवस्था आएको तर्फ संकेत गर्दै खेललाई स्वश्थ र मर्यादित प्रतियोगिताको रुपमा लिन सुझाव दिनुभयो । कार्यक्रमको सञ्चालन प्रतियोगिता व्यवस्थापक भानु आचार्यले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *