यसरी शुरु भयो काठेखोलाको अध्यक्ष कप (तस्बिर सहित)

दिल शिरीष,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप धम्जा देउरालीमा बुधवारदेखि शुरु भएको छ ।

अध्यक्ष कप उद्घाटन समारोहमा अतिथी लगायत

गाउँपालिका भित्रका खेलाडी तथा कलाकारहरुको पहिचान, पुराना सँस्कृतिको संरक्षण तथा सम्र्वद्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमको गाउँपालिका अध्यक्ष अमर थापाले उद्घाटन गर्नुभयो ।

अध्यक्ष कपको उद्घाटन गर्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अमर थापा ।

भव्य समारोहका बीच उद्घाटन गरिएको अध्यक्ष कपको पहिलो दिन सोरठी नाँचको प्रतियोगितात्मक कार्यक्रम गरिएको छ । काठेखोला गाउँपालिकाका ७ सोरठी समूहको सहभागिता रहेको प्रतियोगितामा काठेखोला गाउँपालिका वडा नम्बर ४ ठुलो गाउँ प्रथम, सोही वार्डको झुलेनी होम स्टे द्धितिय र काठेखोला वडा नम्बर ५ को झुलेनी होम स्टे तृतिय भएका छन् ।

सोरठी नाँच प्रर्दशन गरिदै ।

फरक फरक वार्डको सोरठी गीत र नाँच फरक फरक कथा, शैली र प्रस्तुतीका थिए । पहिलो दिनको ऐतिहासिक सँस्कृतिको रुपमा रहेको सोरठी नाँचको प्रतियोगितालाई सहभागी अतिथी र दर्शकले अभिरुचीका साथ हेरेका थिए ।

सोरठी नाँच प्रर्दशन गरिदै ।

कार्यक्रमको उद्घाटनका अवसरमा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले विकास भनेको भौतिक पूर्वाधार र सडक मात्र नभएको उल्लेख गर्दै समग्र विकासको पक्षमा गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । त्यसको एक कडी र अध्यायका रुपमा अहिलेको बिभिन्न बिधागत प्रतिस्पर्धा सहितको अध्यक्ष कप आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । विगतका बर्षमा बढी पुर्वाधार निर्माणमा जोड दिइएको भएपनि यस बर्ष गाउँपालिकाको खेलकुद तथा कला सँस्कृतिको संरक्षण तथा सम्र्वद्धनमा भुमिका खेल्ने गरि गाउँपालिका स्तरिय कार्यक्रम गरिएको अध्यक्ष थापाले बताउनुभयोे ।

अध्यक्ष कपको उद्घाटन पछि बोल्दै अध्यक्ष अमर थापा

उद्घाटन समारोहका अवसरमा बिहुँकोट खेलकुद विकास मञ्चका खेलाडीहरुले आकर्षक खेल कौशल प्रर्दशन गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सदस्य हिराबहादुर केसी, नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि ज्ञानकुमारी शर्मा, नेकपा काठेखोला गाउँ कमिटिका अध्यक्ष दिलबहादुर कार्की, नेपाली काँग्रेस काठेखोलाका सभापति ज्ञानप्रसाद कंडेल, राष्ट्रिय जनमोर्चाका गाउँ कमिटी अध्यक्ष लक्ष्मण थापा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, काठेखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष यामबहादुर श्रीसले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिका अन्र्तगतको कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम बिकले अध्यक्ष कपका बारेमा प्रकाश पार्नुभएको कार्यक्रम काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकको स्वागत मन्तव्य र मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अध्यक्ष कप अन्र्तगत खेल तर्फ पुरुष भलिबल, सँस्कृति तर्फ सोरठी प्रतियोगिता, संगीत तर्फ लोक गायन प्रतियोगिता, साहित्य तर्फ गजल प्रतियोगिता, कला तर्फ वाक्कला अर्थात बत्तृत्वकला प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

१८ गते सम्म चल्ने प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि बिजेताले १ लाख ३२ हजार र उपबिजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो गाउँपालिका स्तरमा आकर्षक पुरस्कार हो । सांगीतिक प्रतियोगिता अन्र्तगत लोक गायन प्रतियोगिता काठेखोला लोक तारामा बिजेता हुनेले नगद ३० हजार, द्धितिय २० हजार र तृतिय हुने समूहलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । सान्त्वना चार जनालाई नगद २ हजार ५ सय प्रदान गरिनेछ ।

सँस्कृति तर्फको सोरठी प्रतियोगितामा बिजेता समूहलाई नगद ३० हजार, द्धितिय २० हजार र तृतिय हुने समूहलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । साहित्य बिधा तर्फ काठेखोला गजल तारा प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय ७ हजार र तृतियलाई ५ हजार प्रदान गरिनेछ । वाक्कला तर्फ बिद्यालय स्तरिय –कक्षा १० सम्मको) बिद्यार्थी बीच बत्तृत्वकला प्रतियोगिता गरिनेछ । जसमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *