यस्तो देखियो बागलुङमा मेयर कप फुटबल उद्घाटन(तस्बिर सहित)

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाममा बिहिवारदेखि राष्ट्रिय स्तरको मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । २०७४ सालमा प्रादेशिक रुपमा शुरु गरिएको पहिलो सँस्करणको मेयर कप फुटबल यस पटकदेखि राष्ट्रिय स्तरको बनाइएको हो ।

शहिद दिवसका अवसरमा आयोजिट मेयर कप फुटबलको उद्घाटन पूर्व बजारमा

बागलुङ नगरपालिकाले जिल्ला फुटवल संघ बागलुङ सँगको समन्वयमा शहिद दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको प्रतिनिधि सभाका सदस्य डा.सुर्य पाठकले डिजिटल बोर्डको स्वीच अन गरेर उद्घाटन गर्नुभयो । उद्घाटन पूर्व धौलागिरी बहुमुखी क्याम्पस प्रांगणबाट शुरु भएको बिभिन्न झाँकी र सँस्कृति सहितको बृहत ¥याली बजार परिक्रमा सँगै कार्यक्रम स्थल बांगेचौर खेल मैदानमा पुगेको थियो ।

उद्घाटन पछि बोल्दै सांसद पाठकले मेयर कप फुटबलले खेलाडीको पहिचान, विकास तथा नगर र जिल्लाको पृथक पहिचानमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले स्वश्थ जीवन, राष्ट्रको गर्विलो पहिचान र एकताका लागि पनि खेल अपरिहार्य भएको भन्दै तीनै तहको सरकारले विस्तारै खेल क्षेत्रलाई प्राथमिकता दिन थालेको बताउनुभयो ।

शहिद दिवसका अवसरमा शहिदलाई सलामी अर्पण गर्दै प्रहरी ।

कार्यक्रममा पूर्व राज्यमन्त्री चम्पादेवी, संविधान सभा सदस्य प्रकाश पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर कमिटी अध्यक्ष धनबहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, राप्रपा गण्डकी प्रदेश सदस्य रणबहादुर बोहोरा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्लामा खेल पर्यटन र फुटबल खेलको विकासका लागि मेयर कप फुटबल आयोजना गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो । ‘यो प्रतियोगितालाई अब निरन्तर सँस्करणको रुपमा विकास गर्न चाहेका छौ,’ मेयर पौडेलले भन्नुभयो, ‘फुटबलको छाता संस्था एन्फासँग समन्वय गरेर बार्षिक क्यालेण्डरमै पर्ने गरि प्रतियोगिता व्यवस्थित रुपमा आयोजना गरेर राष्ट्रिय स्तरमै फरक पहिचान र सन्देश दिने नगरपालिकाको उद्धेश्य छ ।’

आगामी माघ २२ गतेसम्म चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका दाङ, पोखरा महानगरपालिका, भिमाद नगरपालिका तनहुँ, चान्द्राडी नगरपालिका उदयपुर लगायत गरि १० टिम सहभागी रहेको जिल्ला फुटबल सघं बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई समूहले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान स्वरुप ५ हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार पाउनेछन् ।

नगरपालिकाले २०७४ सालमा गण्डकी प्रदेश स्तरिय मेयर कप फुटवल प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरालाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसैबीच, मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ नगरपालिकाले सुखद शुरुवात गरेको छ । पर्वतको कुश्मा नगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले पराजित गर्दै आयोजक बागलुङ नगरपालिकाले दोस्रो चरणको यात्रा तय गरेको छ । शुक्रबार ढोरपाटन नगरपालिका र बेनी नगरपालिका बीचको खेल दिउसो १ बजे हुने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *