बडिगाडमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

आदर्श अनलाईन, बागलुङ ।
बडिगाड गाउँपालिका–९ बलघासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँ तर्फ ढुङ लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक १८ वर्षीय आश्विन विकको घटना स्थलमै मृत्यु भएको हो ।

उकालो सडकमा ट्याक्टर रोकी वेट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरिक्षक धर्मराज खनालले जानकारी दिनुभयो ।

उहाँले ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिएको बताउँनुभयो । प्रहरीको टोलि घटनास्थलमा रहेको र थप विवरण अनुसन्धान पछि प्राप्त हुने खनालले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *